Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लुम्बिनी प्रदेश अन्र्तगत राष्ट्रिय सभा सदस्यमा पाण्डे विजयी 

लुम्बिनी प्रदेश अन्र्तगत राष्ट्रिय सभा सदस्यमा पाण्डे विजयी 

इच्छाकामना न्युज

१७, जेठ २०७८
लुम्बिनी प्रदेश अन्र्तगत राष्ट्रिय सभा सदस्यमा पाण्डे विजयी 
images

लक्ष्मण विश्वकर्मा, दाङ, १७ जेठ । लुम्बिनी प्रदेश अन्र्तगत राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार दिर्गनारायण पाण्डे विजयी हुनु भएको छ । आज भएको उपनिर्वाचनमा पाण्डेले ४ हजार १ सय ४० मतभार प्राप्त गरी राष्ट्रिय सदस्यमा विजयी हुनु भएको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ ।

images
images

उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्काले ३६१२ मतभार प्राप्त गर्नु भएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । पाण्डेले पाँच सय २८ मतभार अन्तरले खड्कालाई पराजित गर्नु भएको हो ।

राष्ट्रिय सभा सदस्यका लागी दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा आज विहान ९ बजेदेखी दिउँसो तिन बजे सम्म मतदान भएको थियो । प्रदेशका ८३ जना र प्रदेश अन्र्तगतका स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाता रहेकोमा २९७ जनाले मतदान गरेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश सांसद ८३ जना सवैले मतदानमा सहभागी जनाएका छन् भने स्थानिय तहका तिन जना मतदाता अनुपस्थित भएका छन् । जसमा स्थानीय तहतर्फ बाँके नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्शेर राणा, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले मतदानमा भाग नलिएको बताईएको छ ।

काँग्रेसको उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा पार्टीको समर्थन रहेको छ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १८ मतभार रहेको थियो । मतदानका लागी तिन वटा मतदान केन्द्र तयार पारिएको थियो ।

प्रदेस सांसद, स्थानिय पालिकाका प्रमुख उपप्रमुखका लागी र कोरोना संक्रमित मतदाताको लागी छुट्टाछुट्टै मतदान केन्द्र तयार पारिएको थियो । जसमा  कोरोना संक्रमित २७ जना मतदाताले मतदान गरेका छन् । जसमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले बताएको  छ । 

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - २१:०२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology