Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहोर हस्तान्तरण 

मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहोर हस्तान्तरण 

images

इच्छाकामना न्युज

१७, जेठ २०७८
मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहोर हस्तान्तरण 
images

काठमाण्डौ, १७ जेठ । नेपाली सेनाले ‘सफाहिमाल’ अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहोर हस्तान्तरण गरेको छ । सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८ सय ८२ किलो फोहोर हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।

सङ्कलन गरिएको ६ हजार ६ सय ७ किलो फोहोर मध्ये सड्ने–कुहिने एक हजार ७ सय २५ किलो मकालु गाउँपालिकालाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमाल सफाइमा खटिएको सैनिक टोलीलाई दिएको जिम्मेवारी सफलता पूर्वक सम्पन्न भएको बताउनुभयो । ‘सफाहिमाल’ अभियान २०२१ अन्तर्गत छ वटा हिमालबाट २७ हजार ६ सय ७१ किलो फोहोर सङ्कलन गरिएको हो । 

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - ०९:१८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology