चितवन, १५ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन नेपालमा वर्षा हुने सम्भावना रहेको बताएको छ । भारतमा आएको यास चक्रवातको असरका कारण नेपालका अधिकांश क्षेत्रमा पानी परिरहेको र यो क्रम सोमबारसम्म जारी रहने विभागले जनाएको छ।
हाल देशमा यास चक्रवात उत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्यप्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान आगामी तीनदिनको मौसम सम्बन्धीत बुलेटिन सार्वजनिक गर्दै आज दिउँसो देशभर आंशिकदेखि सामान्यबदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको हो ।
यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनीप्रदेशका १/२ स्थानहरुमाभारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश २, बागमती,गण्डकी र लुम्बिनीप्रदेशका केही स्थानहरुमाभारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने असरहरुबाट जोगिन महाशाखाले अनुरोध गरेको छ।