Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखाको बारपाकमा कोरोना संक्रमण नियन्त्रण बाहिर, सहयोगका लागि गाउँपालिका अध्यक्ष भट्टको अपिल

गोरखाको बारपाकमा कोरोना संक्रमण नियन्त्रण बाहिर, सहयोगका लागि गाउँपालिका अध्यक्ष भट्टको अपिल

images

इच्छाकामना न्युज

१३, जेठ २०७८
गोरखाको बारपाकमा कोरोना संक्रमण नियन्त्रण बाहिर, सहयोगका लागि गाउँपालिका अध्यक्ष भट्टको अपिल
images

गोरखा १३, जेठ । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले बारपाक क्षेत्रको स्थित नियन्त्रण बाहिर जानसक्ने बताउनु भएको छ । उहाँले बारपाकमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै स्थितलाई नियन्त्रणमा लिनका लागि सहयोग गर्न सवै पक्षसंग अपिल गर्नुभएको छ ।

‘बडा नम्बर १ र २ मा पर्ने बारपाकमा कोभिड १९ संग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरु बढ्दो संख्याका कारण चिन्ताको स्थित सिर्जना भएको छ, अध्यक्ष भट्टद्धारा आज जारी बिज्ञप्तिमा भनिएको छ, पछिल्लो दुई हप्तामा बिचमा मात्र एन्टिजेन परीषणका लागि ३ पटक प्रयास गरिएको भएता पनि परीक्षण गर्ने सम्भावित संक्रमितको सख्या अपेक्षाकृत स्तरमा बढ्न सकेन् ।’

बिज्ञप्तिमा संक्रमितकोहरुको परीक्षण एवं पहिचान गरि संक्रमितहरुलई अलग पाुर्न पर्नेमा परीक्षणका लागि नै नागरिकहरु तयार नहुदा संक्रमण भित्रभित्रै बढ्न गई थप जोखिमको अबस्था सिर्जना भएको उल्लेख छ । उहाँले संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दल, संघसंस्था, आमा समुह लगायतलाई कोरोना परीक्षणका लागि उपयुक्त बाताबरण तयार गर्न अपिल समेत गर्नुभएको छ ।

त्यस्तै सभ्भावित संक्रमणको रोकथामका लागि आबश्यक सहयोग र समन्वय गरिदिन अध्यक्ष भट्टले संघीय सरकार, प्रदेश सरकार, सम्पूर्ण जनप्रतिनिधीहरु लगायतलाई आग्रह गर्नुभएको छ ।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - २०:०३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology