तनहुँ, १० कार्तिक । प्रतिनिधीसभाका ससांद एवं माननीय कृष्णकुमार श्रेष्ठ किसानद्धारा मोटरमार्गको अनुगमन गर्नुभएको छ। व्यास नगरपालिका वडा नं १, गल्वुवेशीमा अन्र्तगत पर्ने गल्वुवेशी मोटरमार्गको सडक स्त्तरोन्नती तथा पिचको अवलोकन तथा अनुगमन गर्नुभएको हो। गल्वुवशेी मार्ग अन्र्तगत पर्ने १३०० मिटर लम्वाईको यहि आर्थिक वर्ष ०७६।०७७ को विनियोजित वजेटवाट हुने मोटरमार्गको पिच २ करोड रुपैयामा निर्माण हुने गरि धमाधम काम भईरहेको छ।
विनियोजिट वजेट वाट निश्चित र निर्धारित काम भएको छ छैन भन्ने कुराको अनुगमन गरिएको सांसद किसान श्रेष्ठले वताउनुभयो। वजेट छुटिट्टने तर समयमा काम नहुने विगतको परिपाठीले विकास निर्माणमा अवरोध आएको वताउनुभएको सांसद श्रेष्ठले त्यसको कार्यन्वयनका लागी मोटरमार्गको निरिक्षण गरिएको वताउनुभयो।
६.५ मिटर लम्वाई रहेको उक्त मोटरमार्गको निर्माणको ठेक्का हेजल कन्ट्रक्सनले पाएको छ। मोटरमार्गको पिच हुनेभएपछि स्थानिय वासिन्दाले हिलो, धुलो वाट मुक्ति पाउने स्थानिय समाजसेवी ज्ञानेन्द्र वस्यौलाले जानकारी दिनुभयो। पृथ्वीराजमार्गको गल्वुवेशीचोक हुदै लिचिघारी सम्म १३०० मिटर पिच हुने निर्माण कम्पनिले जनाएको छ।