Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनीमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई प्रहरीद्वारा कारबाही सुरु 

आँबुखैरेनीमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई प्रहरीद्वारा कारबाही सुरु 

images

इच्छाकामना न्युज

११, जेठ २०७८
आँबुखैरेनीमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई प्रहरीद्वारा कारबाही सुरु 
images

आँबुखैरेनी, ११ जेठ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले निषेधाज्ञाको उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको छ। गत जेठ ६ गते राजपत्र भाग २ मा प्रकाशित निषेधाज्ञा सम्बन्धित अध्यादेशमा निषेधाज्ञाको उल्लघंन गर्नेलाई जरिवाना सहित कारबाही गर्न भनेको छ। 

सो अनूरुप आँबुखैरेनी क्षेत्रमा मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैंपिच्छे १ सय रुपैयाँ, मानिसको आवतजावतमा रोक लगाईएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लघंन गर्नेलाई पटकैंपिच्छे २ सय रुपैंया, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतीबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैंपिच्छे २ पाङ्ग्रे सवारी साधन भए २ हजार रुपैंया र अन्य सवारी साधन भए ५ हजार रुपैंया जरिवाना सहित कारबाही गरिने इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो । 

यसैगरी, निषेधाज्ञा सम्बन्धि अध्यादेश बिपरितको काम गर्ने जुन कुनै संस्था वा व्यवसायलाई सजायको अतिरिक्त ६ महिना सम्म बन्द गरिने समेत प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - २०:००:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology