Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

करुणा फाउण्डेशनद्वारा आँबुखैरेनी गाउँपालिकालाई २ थान अक्सिजन मेसिन सहयोग 

करुणा फाउण्डेशनद्वारा आँबुखैरेनी गाउँपालिकालाई २ थान अक्सिजन मेसिन सहयोग 

images

इच्छाकामना न्युज

११, जेठ २०७८
करुणा फाउण्डेशनद्वारा आँबुखैरेनी गाउँपालिकालाई २ थान अक्सिजन मेसिन सहयोग 
images

आँबुखैरेनी, ११ जेष्ठ । करुणा फाउण्डेशन नेपालको सहयोगमा आँबुखैरेनी गाउँपालिकालाई २ थान अक्सिजन मेसिन सहयोग गरेको छ । वडा नं. ३ का वडा सदस्य दिनेश केसीको पहलमा फाउण्डेशनले गाउँपालिकालाई सो अक्सिजन मेसिन सहयोग गरेको हो । 

विश्वव्यापी रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस संक्रमणको यस बिषम परिस्थितीमा गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिन आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेललाई सो अक्सिजन उत्पादन गर्ने मेसिन हस्तान्तरण गरिएको वडा सदस्य केसीले जानकारी दिनुभयो । 
्
आँबुखैरेनीमा अक्सिजन उत्पादन गर्ने मेसिनको आवश्यकता रहेको र सहयोग स्वरुप अक्सिजन मेसिन उपलब्ध गराईदिनुभएकोमा गाउँपालिकाको तर्फबाट केसीलाई विशेष धन्यवाद दिईएको छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १५:१७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology