देवघाट, ६ जेठ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको ३२ घरधुरीलाई रोक्ट्रयाक्ट क्लब अफ नारायणगाढद्वारा चामल, दाल, आलु, नुन, तेल सहित २० हजार बराबरको राहत वितरण गरिएको छ।

विश्वव्यापी रुपमा फैलिरहेको दोस्रो कोरोना भाइरस (कोभिड–१९)को महामारीको रोकथाम, नियन्त्रण तथा कोरोना भाईरस बाट निषेधाज्ञामा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्याला दारी मजदुर गरि दैनिकी गुजारा गर्ने देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको बिपन्न बस्ती तथा बोटे समुदायमा सो राहत वितरण गरिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरले बताउनु भएको थियो । साथै अध्यक्ष थापाले रोक्ट्रयाक्ट क्लब अफ नारायणगढलाई धन्यवाद समेत दिनुभएको थियोे।

रोक्ट्रयाक्ट क्लब अफ नारायणगाढका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बिनोद श्रेष्ठले विश्वव्यापी रुपमा फैलिएको दोस्रो कोरोना भाईरसबाट निषेधाज्ञामा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा बोटे समुदायका ज्याला दारी मजदुर गरि दैनिकी गुजारा गरिरहेका मजदुरहरुको लागि असहज परिस्थितीलाई थोरै भए पनि न्यूनीकरण गर्नका लागि संस्थाको सामाजिक उत्तरदायित्वलाई मध्य नजर राख्दै देवघाट गाउँपालिका वडा नम्बर ५ को बिपन्न वस्ती तथा बोटे समुदायमा सो राहत सहयोग गरेको उहाँले बताउनु भएको थियोे।
सो राहत वितरण कार्यक्रममा देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज सुशील लामिछाने, रोक्ट्रयाक्ट क्लब अफ नारायणगढका अध्यक्ष सुनिल घिमिरे, रोक्ट्रयाक्ट क्लब अफ नारायणगढका पुर्व अध्यक्ष तेज बहादुर रानाभाट, लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष आत्माराम पाण्डे, समाजसेवी युवा सम्राट अधिकारी लगाएको उपस्थिति रहेको थियो।