Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

जसपाको समर्थनमा फेरि प्रधानमन्त्रीमा दोहरिने ओलीको तयारी 

जसपाको समर्थनमा फेरि प्रधानमन्त्रीमा दोहरिने ओलीको तयारी 

images
जसपाको समर्थनमा फेरि प्रधानमन्त्रीमा दोहरिने ओलीको तयारी 
images

काठमाण्डौ, ७ जेठ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा वैकल्पिक सरकारमा नियुक्त हुने रणनीतिमा लाग्नुभएको छ ।

त्यसैको अभ्यासस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा हिजो उहाँले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग करिब दुई घण्टा छलफल गर्नुभएको छ । गएराति नै प्रधानमन्त्री ओली र  अध्यक्ष ठाकुर राष्ट्रपति कार्यालयमा पनि पुग्नुभएको थियो ।

एमालेका १ सय २१ र जसपाका २० जना सांसदसहित बैकल्पिक सरकार बनाउने प्रधानमन्त्री ओलीको तयारी रहेको एमालेका एक नेताले बताए । २७ वैशाखमा विश्वासको मत लिन नसकेपछि ३० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

अल्पमतको सरकारको प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने भए पनि त्यसो नगरिएको भन्दै उहाँको आलोचना भइरहेको छ । 

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - ०९:४३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology