हुग्दिखोला, ६ बैशाख । मुग्लिन–नौबिसे सडकखण्डमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाएर दुर्घटना भएको छ। उक्त सडकखण्डको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दिखोला पुलको मोडमा दुईवटा ट्रक एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो।
काठमाडौं जादै गरेको ना ६ ख ७७०३ नं. को ट्रक र काठमाडौंबाट आउदै गरेको लु २ ख ४३५ नं. को ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परि दुवै ट्रकका चालक सामान्य घाईते भएको प्रहरी चौकी मझिमटारका प्रहरी सहायक निरिक्षक नरोत्तम थापाले जानकारी दिनुभयो।