कपिलवस्तु, ६ जेठ । नेकपा माओबादी केन्दका जिल्ला कमिटी सदस्य दीपक पाण्डे अज्ञात समुहको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । । गएराती तीन जनाको समूहले पाण्डे माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
पाण्डेको पेट र कम्मरमा दुईवटा गोली लागेको छ। उहाँको अबस्था गम्भीर रहेको अस्पतालको भनाई उद्धृत गर्दै प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज पाण्डेले जानकारी दिनुभयो । घाइते पाण्डेको अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको छ । ठेक्कापट्टाको काम गर्ने पाण्डेमाथि निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली चलाएको प्रहरीले जनाएको छ। पाण्डेले नदिजन्य, क्रसर उद्योग तथा ठेक्कापट्टाको काम गर्दै आएका थिए ।