Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गाउँ फर्केकाहरूबाट कोरोनाको सङ्क्रमण बढ्ने चिन्ता 

गाउँ फर्केकाहरूबाट कोरोनाको सङ्क्रमण बढ्ने चिन्ता 

सिआईएन

१, जेठ २०७८
गाउँ फर्केकाहरूबाट कोरोनाको सङ्क्रमण बढ्ने चिन्ता 
images

सीता शर्मा, काठमाडौँ, १ जेठ । कोरोना महामारी तीव्र गतिमा फैलिएपछि नेपालको अधिकांश जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको छ । सहरको कार्यस्थल धेरै व्यक्तिहरू गाउँघरमै फर्किएका छन् । तर उनीहरूले सावधानी नअपनाइँदिँदा गाउँमा पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ ।

images
images

कोरोना सङक्रमण भएका तर गाउँ फर्केकाहरू आइसोलेसनमा नबस्ने र सुरक्षाका मापदण्ड पालना नगरी जथाभावी डुल्दा स्थानीयबासी त्रसीत छन् । ताप्लेजुङको हिलिहाङ्ग गाउँपालिका १ का रमा वाग्ले आफू जतिसुकै बचेर बसे पनि स्थानीयबासीको चहलपहलका कारण चिन्तित हुनुहुन्छ । जाजरकोटको भेरी नगरपालिकामा २ सयभन्दा बढी सङक्रमित छन् ।

नगरपालिकामा गरिएका परिक्षण मध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारत र नेपालगञ्जबाट फर्किएका व्यक्तिहरूले सुरक्षा सावधानी पूर्ण रूपमा नअपनाएका कारण कोरोना फैलिएको रिपोर्ट प्रहरीप्रशासनले पाएको छ ।  नगरपालिकाका जनस्वास्थ्य निरिक्षक  नीशा थापाले समुदायका नागरिकबाट निषेधाज्ञाको पूर्ण पालना नभएको पाइएको बताउनुभयो ।

भारतको विभिन्न स्थान र धनगढीबाट फर्किएका ५ जनामा कोरोना पुष्टि भएपछि डोटीको सायल गाउँपालिकाले भने आइसोलेसनमा बस्नैपर्ने बाध्यात्मक नीति लिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिनुभयो । विज्ञहरूका अनुसार कोरोना सङ्क्रमणको लक्षण देखिएको ४८ घण्टा अघिदेखि नै एकबाट अर्को व्यक्तिमा सरीसकेको हुन्छ ।

त्यसैले पनि जथाभावी डुल्ने, जमघट गर्ने कार्य नेताकार्यकर्तादेखि साधारण व्यक्तिले तत्काल रोक्नुपर्छ । सङक्रमण फैलिने नदिन स्थानीय सरकारहरूको भूमिका अझ धेरै हुने जनस्वास्थ विद् सुजन मरहट्टाको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल १ लाखभन्दा धेरै कोरोना सङ्क्रमित होम आइलोसेनमा छन् ।

सङक्रमण देखिएपछि व्यवस्थापनसँगै, विवाह, ब्रतबन्ध, मृत्यु र पूजाआजाको नाउमा गाउँमा हुने भीडभाडमा स्थानीय सरकारहरूले खासै कडाइ गरेका छैनन् । यसबाट पनि सङ्क्रमण र मृत्युदर बढिरहेको विश्लेषण स्वास्थ्य मन्त्रालयको छ ।

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १८:३१:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology