गोरखा, ३१ बैशाख ।
उपचारको क्रममा ज्यान गुमाएका गोरखाका २ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ। दुबैलाई कोरोना पुष्टि भएको नगर र गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्लाको शहिदलन गाउँपालिका वडा नम्बर ४ का एक पुरुष र पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो ।
बिरामीको मृत्यू भएपछि नगर र गाउँपालिकाको स्वास्थ्य शाखाले जनस्वास्थ्य प्रयोगशाला पोखरामा तत्काल रिपोर्ट पठाईदिन भनेका थिए । मृतकको परिवारले दाहासंस्कार गर्न पिसिआर रिपोर्ट छिटो मागेपछि प्रयोगशालाले पठाइदिएको हो ।