हिरालाल आचार्य, चितवन, २९ बैशाख । चितवनमा आज एकै दिन विभिन्न अस्पतालहरुमा ११ कोरोना सङ्क्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज मा ३ जनाको मृत्यु भएको हो ।
विगत २४ घण्टामा विभिन्न अस्पतालहरुबाट ४२ जना डिस्चार्ज भएका छन् भने आईसीयूमा २ सय ४८ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरी भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४ सय ५५ जनाकोरोना सङ्क्रमित बिरामी भर्ना भएका छन् ।