Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

संक्रमितको मृत्यु पछि प्रादेशिक अस्पताल तोडफोड, चिकित्सक माथि हातपात

संक्रमितको मृत्यु पछि प्रादेशिक अस्पताल तोडफोड, चिकित्सक माथि हातपात

images

इच्छाकामना न्युज

२९, बैशाख २०७८
संक्रमितको मृत्यु पछि प्रादेशिक अस्पताल तोडफोड, चिकित्सक माथि हातपात
images

जनकपुरधाम, २८ वैशाख। चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका छन् ।

महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो ।

भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै चन्द्रकला अस्पताल लैजान खोज्दा महतोको मृत्यु भएको थियो । त्यसपछि उनका छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालका उपकरण तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयका प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

उनीहरुले गरेको तोडफोडबाट तीन वटा भेन्टिलटर बिग्रेको कोरोना अस्पतालका प्रवक्ता डा. मनीष पाण्डेले जानकारी दिए । उनका अनुसार अन्य उपकरणमा समेत क्षति पुगेको र बुझ्ने काम भइरहेको छ ।

पुरानो भेन्टिलेटर बिग्रेपछि प्रदेश सरकारले हालै मात्र यहाँ ८ वटा भेन्टिलेटर जडान गरिदिएको थियो । ती युवाको समूहले स्टाफ नर्ससहित चार जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । दुई जना घाइते नै भएको डा. पाण्डेले बताए ।

तोडफोड गर्ने दाजुभाइलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - ०७:५०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology