Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट ५ को वडा कार्यालय अब विद्यालयबाट संचालन हुने, चक्रवर्ती आधारभुत विद्यालयको भवनमा कार्यालय स्थानान्तरण

देवघाट ५ को वडा कार्यालय अब विद्यालयबाट संचालन हुने, चक्रवर्ती आधारभुत विद्यालयको भवनमा कार्यालय स्थानान्तरण

images

आशिक राना

२७, बैशाख २०७८
देवघाट ५ को वडा कार्यालय अब विद्यालयबाट संचालन हुने, चक्रवर्ती आधारभुत विद्यालयको भवनमा कार्यालय स्थानान्तरण
images

देवघाट, २७ बैशाख । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को कार्यालय स्थानान्तरण गरिएको छ । वडा कार्यालय आज चक्रवर्ती आधारभुत विद्यालयको नयाँ भवनमा स्थानान्तरण गरिएको हो।

यो सँगै वडा कार्यालयको कामकाज अब उक्त विद्यालयको भवनबाट संचालन हुने भएको हो । हाल वडा कार्यालय रहेको स्थानमा देवघाट आधारभुत स्वास्थ्य चौकी निर्माण सुरु भएको र स्वास्थ्य चौकीलाई वडा कार्यालय रहेको जग्गाको भोगाधिकार समेत दिनु पर्ने भएपछि वडा कार्यालय सारिएको वडा अध्यक्ष यालबहादुर गुरुङले बताए ।

185089099_174458644468686_8218762979750472323_n.jpg

सरकारले देवघाटमा १० शैयाको आधारभुत स्वास्थ्य चौकी बनाउने निर्णय गरेपछि हाल वडा कार्यालय रहेको स्थानको ९ रोपनी क्षेत्रफलको जग्गा उपलब्ध गराउने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । साथै वडा कार्यालयलाई चक्रवर्ती आधारभुत विद्यालयको नयाँ बनेको भवनको कोठा उपलब्ध गराउने निर्णय समेत कार्यपालिकाको बैठकले गरेको वडा अध्यक्ष गुरुङले बताए । 

सोही निर्णय अनुसार सोमबार वडा कार्यालय सारिएको उनले बताए । सो विद्यालयमा विद्यार्थीको संख्या न्युन भएको हुँदा नयाँ शैक्षिक सत्रबाट विद्यालयलाई मर्ज गर्ने तयारी समेत भएको छ ।

यसैविच नेपाली काँग्रेसका केही कार्यकर्ताहरुले वडा कार्यालय सार्न लागेकोमा विरोध गरेका छन् । उनीहरुले वडा कार्यालय सार्न पाईदैन भन्दै नारावाजी गरेपनि वडा कार्यालयको बोर्ड विद्यालय भवनमा टाँसिएको छ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - २०:५१:४९ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology