मुग्लिन, २७ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारको मुख्य चोकमा राष्ट्रिय झण्डा राखिएको छ। स्थानीय युवाहरुको सक्रियतामा मुग्लिन युवा मंचले आज बजारको मुख्य चोकमा नेपालको राष्ट्रिय झण्डा राखेको हो।
यस्तै मंचले मुग्लिन बजार भन्दा माथि डाँडामा रहेको गुम्बामा पनि नेपालको राष्ट्रिय झण्डा राखिएको छ साथै भोली मुग्लिन मै रहेको त्रिवेणी बराह माध्यामिक विद्यालय प्राङ्गणमा पनि झण्डा राखिने मंचका अध्यक्ष विकास बस्नेतले जानकारी दिएको छ।