Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

खनाल–नेपाल समूह बैठक बस्दै, सामुहिक राजिनामा दिने तयारी

खनाल–नेपाल समूह बैठक बस्दै, सामुहिक राजिनामा दिने तयारी

images

इच्छाकामना न्युज

२७, बैशाख २०७८
खनाल–नेपाल समूह बैठक बस्दै, सामुहिक राजिनामा दिने तयारी
images

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसद्हरु सिंहदरबारमा भेला भएका छन् ।

‘कठोर निर्णय’का लागि बैठक बस्न लागेको हो । सिंहदरबारमा संसद् सचिवालयमा जम्मा भएर उनीहरुले राजीनामाको निर्णय गर्न सक्ने बताइएको छ ।

नेपाल पक्षका कतिजना सांसद्ले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन । तर, पाटी विभाजन नै हुने भएपछि समानुपातिक सांसद्ले पनि राजीनामा दिने तय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट कुनै पनि‘रेस्पोन्स’नआएपछि अहिले खनाल समूहका सांसद्हरु सिंहदरबारमा जम्मा भएका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाएको संसद्को विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ११:१७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology