Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षतिः अध्ययन 

भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षतिः अध्ययन 

images

एजेन्सी

२७, बैशाख २०७८
भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षतिः अध्ययन 
images

भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति हुन सक्ने आँकलन गरिएको छ । विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यासेन्टमा प्रकाशित एक अध्ययनका अनुसार भारतमा आगामी अगस्त महिनासम्म कोरोनाले ठूलो क्षति हुने छ ।

ल्यासेन्टले भारतमा आगमी अगस्तसम्म कोरोनाका कारण झन्डै १० लाखको मृत्यु हुने बताएको छ । भारतमा कोरोनाको दोस्रो लहरले भयावहस्थिति बनेको र सरकारले कुनैपनि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना पनि गरिएको छ ।

अध्ययनमा विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डको उल्लघंन भारत सरकारकै तर्फबाट भएको र कोरोनाले भयावहस्थिति बन्नुमा सरकार आफै जिम्मेवार रहेको पनि उल्लेख गरिएको छ ।

भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरकै क्रममा विभिन्न राज्यमा देखिएको कोरोनाको नयाँ स्वरुपले थप समस्या बल्झिने हुँदा आउने समय भारतका लागि थप चुनौतीपूर्ण हुने ल्यासेन्टको अध्ययनमा भनिएको छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ०९:४५:३६ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology