गोरखा, ५ कार्तिक
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ। समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन्। नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन्। यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन्, प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ।
यसै विच दिपक पाण्डे र कैलाश बोहोराको सयुक्त प्रस्तुतिमा संचारकर्मि एवम् गायक कविराज ढकालको सृर्जनामा ‘नवस्नु है पर्खि’ मनछुने दशैतिहार गितको अफिसिय म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ।
पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु, संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट लयरशब्द सृर्जना रहेको छ । प्रदेशी नेपालिहरुको यथाप्थ जिवनमा आधारित रहेर प्रदेशी नेपालीहरुको यथार्थ पिडालाई गितमा दर्शाईएको छ।
गितमा निकै मनछुने शब्दहरुको प्रयोग गरिएको छ , त कतिपय प्रदेशीहरुको जिवनमा मेल खान पनि सक्छ , हेरौ केहि मनछुने शब्दहरुः
यो दशैमा हजुर घर आए , केहि पर्दैन अछेता शिवाय
ऋण काडेको म प्रदेश छिर्नलाई , सक्या छैन अझै नि तिर्नलाई
मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियो अत्यन्तै राम्रो वनेको छ , गितको म्युजिक भिडियोमा सर्मिला वल्कोटी , प्रिति गुरुड , प्रकाश धामि , एलएन श्रेष्ठको मनछुने अभिनय देख्न सकिन्छ।
उक्त गितको म्युजिक भिडियो एययशब न्गचगलन को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ , भने गितको अडियो भिडियो पुनम रेकडिङ्ग स्टुडियोले प्रस्तुत गरेको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना
गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ।