चितवन, २५ वैशाख । चितवनमा आज (शनिबार) निषेधाज्ञा उल्लंघन गर्ने २८३ सवारी साधनलाई कारवाही गरिएको छ ।
२५३ वटा (दुई पाङग्र्रे/मोटरसाइकल) र ३० वटा अन्य सवारी साधनलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सरोज गिरीले जानकारी दिए । उनले नियन्त्रणमा लिईएका सवारी साधनलाई २४ घण्टा होल्डमा राखेर जरिवाना गरि छाडिने जानकारी दिए ।
यस्तै प्रहरीले एक लाख ४ सय रुपैयाँ जरिवाना असुल गरेको छ ।
अन्य समयमा पसल खोल्ने १२ जनालाई कारवाही
प्रहरीले तोकिएको समय भन्दा बाहिरी समयमा पसल खोल्ने १२ जनालाई कारवाही गरेको छ ।
प्रहरीले उनीहरुबाट ५ हजार ८ सय जरिवाना समेत असुल गरेको छ । यससंगै शनिबार मात्रै प्रहरीले कुल १ लाख ६ हजार २ सय रुपैयाँ जरिवाना उठाएको छ ।