Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटको मुख्य प्रवेश नाकाहरुमा थप कडाई गरिदै, गाउँपालिका अध्यक्ष थापा पुगे हेल्प डेक्समा

देवघाटको मुख्य प्रवेश नाकाहरुमा थप कडाई गरिदै, गाउँपालिका अध्यक्ष थापा पुगे हेल्प डेक्समा

इच्छाकामना न्युज

२५, बैशाख २०७८
देवघाटको मुख्य प्रवेश नाकाहरुमा थप कडाई गरिदै, गाउँपालिका अध्यक्ष थापा पुगे हेल्प डेक्समा

देवघाट, बैशाख २५ । देवघाट गाउँपालिका प्रवेश नाकाहरुमा थप कडाई गरिएको छ। बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाईरस देशको विभिन्न स्थानहरूमा फैलिरहेको हुँदा देवघाट पनि एक पर्यटकीय र धार्मिक स्थान भएको हुनाले कोबिड १९ कोरोना भाइरस बाट देवघाटबासीलाई थप सुरक्षित राख्न देवघाट प्रवेश नाकाहरुमा गत साता देखि नै हेल्प डेक्स राखिएको बताउदै आज शनिवार स्वयंम आफैं देवघाटको एक मुख्य प्रवेश नाकामा उपस्थित भई अनावश्यक आवातजावत गर्ने ब्याक्तीहरुलाई सम्झाई बुझाई गरि फर्काइएको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताए।

images

साथै अध्यक्ष थापाले देवघाटका विभिन्न आश्रमहरुमा धेरै बृद्धबृद्धाहरु बस्ने गरेको हुँदा उनिहरुको सुरक्षाको लागि पनि नाकाहरुमा थप कडाइ गरिएको उनले बताए।

183886340_620500479349819_997815579571820204_n.jpg

देवघाट प्रमुख धार्मिक स्थाल भएको कारण धार्मिक कार्यको लागी धेरै तिर्थलु भक्तजनहरु आउने हुँदा धार्मिक स्थालमा दैनिक नृत्य, पाठ, पुजा गर्ने तर नागरिकको भिडभाड हुने बिबाह, बर्तबन्ध, तालीम, गोष्ठी र मानिस जमघट हुने कुनै पनि कार्यक्रम तथा प्रबचनहरु सके सम्म बन्द गर्ने तर बन्द गर्न नसकिएमा सके सम्म थोरैको उपस्थितमा मात्र सामाजिक दुरि कायम गरि त्यस्ता कार्यक्रमहरु सम्पन्न गर्नु पर्ने देवघाट क्षेत्र बिकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताए।

देवघाट गाउँपालिकाले कोबिड रोकथामको लागी सचेतना मुलक माईकिङ्ग,प्रचार-प्रसार गर्ने,बैक तथा वित्तीय संस्थामा सेवाग्राहीको भिड कम गर्ने, कसैलाई कोरोना पोजेटिभ देखिएमा होम आईसोलेसनमा बस्ने तर स्वास्थ्य समस्या देखिएमा भरपुर, दमौली र पोखराको कोविड अस्पतालमा पायक पर्ने स्थानमा पठाउने वयवस्था मिलाएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा बताए।

देवघाट प्रवेश गर्ने मुख्य नाखाहरुमा आवातजावत गर्ने मानिसहरुको विवरण संकलन गरिएको छ। गत सात नै गाउँपालिकाले मुख्य नाकाहरुमा हेल्प डेक्स राखि अनावश्यक रुपमा आवातजावत गर्ने सर्वसाधारण थप कडाइ गर्ने निर्णय समेत गरिको छ। देवघाट प्रवेश नाकाहरु पुरानो झोलुङ्गे पुल,दासढुङ्ग पक्कि पुल र झोलुङ्गे जुगेडि पुलहरुमा नेपाल प्रहरी,देवघाट गाउँपालिका नगर प्रहरी, जनप्रतिनिधि र युवाहरु सहितको हेल्प डेक्स राखिएको छ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २०:४१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology