Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरमा नक्कली सिआईडी बनेर चोरी गर्ने ६ जना युवक पक्राउ

भरतपुरमा नक्कली सिआईडी बनेर चोरी गर्ने ६ जना युवक पक्राउ

इच्छाकामना न्युज

२५, बैशाख २०७८
भरतपुरमा नक्कली सिआईडी बनेर चोरी गर्ने ६ जना युवक पक्राउ
images

भरतपुर, २५ वैशाख । भरतपुरमा नक्कली सिआईडी बनेर लुटपाट गर्ने ६ जना युवक पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १० सिनर्जीचोक स्थित सुष्मा गुरुङको घरमा नक्कली सिआइडी बनेर चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।

images
images

पक्राउ पर्नेहरुमा गोरखा घर भइ हाल भरतपुर ११ मा बस्ने २२ वर्षीय बिमल गुरुङ, सोही स्थानका २५ वर्षीय सागर कुमाल, बाग्लुङको जमैनी घर भई हाल भरतपुर ११ मै बस्ने २४ वर्षीय जीवन पौडेल, सोही स्थानका २० वर्षीय समिर कुमाल, २१ वर्षीय सन्दिप गुरुङ र भरतपुर १० का २२ वर्षीय निर्दोष थापा क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सुचना अधिकारी सरोज गिरीले दिएको जानकारी अनुसार शुक्रबार राति साढे ९ बजे उनीहरु मध्ये बिमल गुरुङ र सागर कुमालले आफुहरुलाई सिआइडी बताउँदै स्थानीय सुष्मा गुरुङ घरमा प्रवेश गरेका थिए । उनीहरुले एक थान चाँदीको बाला र ४६ हजार रुपैयाँ चोरी गरेका थिए । दुई जना सिआइडी भन्दै घर भित्र प्रवेश गरेको र बाँकी चार जना घर बाहिर बसेको पिडित सुष्माले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १५:०९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology