Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिए 

नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिए 

images

इच्छाकामना न्युज

२४, बैशाख २०७८
नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिए 
images

काठमाण्डौ, २४ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट आज ९ हजार २३ जना सङ्क्रमित फेला परेका हुन् ।

आज काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जना थपिएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । आज कोरोनाबाट ५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । सक्रिय सङ्क्रमित ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३ सय ८० जना रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - १९:२४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology