Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

निषेधाज्ञाको प्रभाव ठूला उद्योगमा, कच्चा पदार्थ आपूर्ति बन्द हुँदा समस्या 

निषेधाज्ञाको प्रभाव ठूला उद्योगमा, कच्चा पदार्थ आपूर्ति बन्द हुँदा समस्या 

images

इच्छाकामना न्युज

२४, बैशाख २०७८
निषेधाज्ञाको प्रभाव ठूला उद्योगमा, कच्चा पदार्थ आपूर्ति बन्द हुँदा समस्या 
images

विनोद शर्मा, काठमाडौं, २४ बैशाख । आर्थिक वर्ष २०७६/०७७ सम्मको तथ्याङ्क अनुसार नेपालमा ८ हजार २ सय ८७ उद्योग दर्ता छन् । जसमध्ये ठूला उद्योग एक हजार एक सय ७२, मझौला एक हजार ८ सय ५६ र साना उद्योग ५ हजार २ सय ५९ छन् । निषेधाज्ञाका कारण सबैजसो उद्योगको उत्पादन प्रभावित भएको छ ।

अत्यावश्यक र निर्माणजन्य सामग्री उत्पादन सम्बन्धी उद्योगहरु पनि पूर्णक्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र ३७ वटा उद्योग छन् । निषेधाज्ञाका कारण तीमध्ये सबैजसो उद्योगले उत्पादन घटाएका छन् । टाढाका कर्मचारी आउन नसकेपछि र कच्चापदार्थ ल्याउन कठिनाइ भएपछि उत्पादन घटेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्राविधिक अधिकृत भोलानाथ भुर्तेल बताउनुहुन्छ ।

पोखरा औद्योगिक क्षेत्र भित्रका ७७ वटा उद्योग मध्ये २ वटा अक्सिजन उत्पादन उद्योग छन् । सबै उद्योगमा नजिकैका कामदार, कर्मचारीलाई मात्रै बोलाइएको छ । कच्चापदार्थको समस्या त छैन तर टाढाबाट कामदार आएर काम गर्ने अवस्था भने छैन । ५ वटा उद्योग निषेधाज्ञापछि बन्द भएका छन् ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेका १ सय ४० उद्योग मध्ये निषेधाज्ञापछि एक सयभन्दा कम मात्रै सञ्चालनमा छन् । आधाभन्दा धेरै कर्मचारीलाई उद्योग भित्रै खाने बस्ने व्यवस्था मिलाएर उत्पादनको काम जारी राखेको औद्योगिक क्षेत्रका बरिष्ठ अधिकृत एकमाया थापाले बताउनुभयो । नेपाल राष्ट्र बैंकले अघिल्लो वर्ष ५२ जिल्लाका ६ सय ७४ उद्योगमा गरेको सर्वेक्षणमा लकडाउनका कारण ६१ प्रतिशत उद्योगहरु बन्द भएको तथ्य सार्वजनिक भएको थियो ।

निषेधाज्ञाका कारण अत्यावश्यक र निर्माण सामग्री बाहेक उत्पादन उद्योगहरु मर्कामा पर्ने गरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार निषेधाज्ञाको समयमा बिस्कुट, चाउचाउ लगायतका खाद्यान्नको विक्री वितरणसमेत रोकिएको छ ।

गत वर्ष लकडाउनका कारण उद्योगहरुले २२ दशमलव ५ प्रतिशत कर्मचारी कटौती गरेका थिए भने झण्डै ७४ प्रतिशत उत्पादन घटेको थियो । यस पटक पनि लकडाउनले कर्मचारी र उत्पादन दुबैमा असर पार्ने देखिएको छ । 

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०९:२६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology