Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुदुरपश्चिममा कोरोना संक्रमण भयावह हुने अवस्थामा

सुदुरपश्चिममा कोरोना संक्रमण भयावह हुने अवस्थामा

पत्रपत्रिका

२४, बैशाख २०७८
सुदुरपश्चिममा कोरोना संक्रमण भयावह हुने अवस्थामा
images

धनगढी, २४ बैशाख ।  सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ ।

images
images

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् ।

भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सीधै आआफ्नो घर गइरहेका छन् । उनीहरुको व्यवस्थापनको लागि स्थानीय तहहरुले खासै ध्यान दिएको देखिदैन ।

भारतबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा नै बस्नुपर्ने भनिएकाले उनीहरु आआफ्नै घरमा बस्न लागेका हुन् ।

तर, घरमा छुट्टै बस्नुपर्ने भनिए पनि सुदूरपश्चिमका ग्रामीण भेगका घरमा एक वा दुई कोठा मात्रै हुने भएकाले सबै सँगै बस्नुपर्ने बाध्यता हुन्छ । ट्वाइलेट र धारा समेत संयुक्त प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यसैले भारतबाट आएका व्यक्तिलाई कोरोना भाइरस देखिए सबै परिवारलाई सजिलै संक्रमण हुने देखिन्छ । समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०८:३०:३६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology