Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी र देवघाट गाउँपालिका सहित तनहुँ जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा लागु हुने

आँबुखैरेनी र देवघाट गाउँपालिका सहित तनहुँ जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा लागु हुने

images

इच्छाकामना न्युज

२२, बैशाख २०७८
आँबुखैरेनी र देवघाट गाउँपालिका सहित तनहुँ जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा लागु हुने
images

तनहुँ, २२ बैशाख । तनहुँ जिल्लाको आँबुखैरेनी र देवघाट गाउँपालिका सहित जिल्लाभर आज राति १२ बजेदेखि निषेधाज्ञा लागु हुनेछ। कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

181903518_1676463025877583_5370142700828488049_n.jpg

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बुधबार बसेको केन्द्रको बैठकले बैशाख २२ गते मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा लागु गराउने निर्णय गरेको थियो। बैठक लगत्तै सोही सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

तर अत्यावश्यक वस्तुको खरिदका लागि भने समय दिने गरी निषेधाज्ञा आदेश जारी भएको छ । अत्यावश्यक सामग्रीको खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म पसल खोल्न र किनमेल गर्न पाईनेछ। यस्तै निर्माण सामाग्रीको पसल बिहान ११ बजेदेखि ४ बजेसम्म खुला हुनेछ। 

181974914_497589184615659_6358332346292438927_n.jpg

182023917_4023590367701442_2177202455120679862_n.jpg

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - २०:०३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology