Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अमेरिकामा १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी 

अमेरिकामा १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी 

एजेन्सी

२१, बैशाख २०७८
अमेरिकामा १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी 

अमेरिकाले १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्ध फाइजरले विकास गरेको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको संघीय अधिकारीलाई उद्धृत बीबीसीले लेखेको छ ।

images

आउँदो हप्तादेखि खोप लगाउन स्वीकृति जारी गर्ने तयारी गरिएकोछ । फाइजर र जर्मनीको कम्पनी बायोएनटेकले उत्पादन गरेको खोप परीक्षणपछि १२ देखि १५ वर्षसम्मका लागि पनि दिने तयारी भएको हो ।

खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो । सोही अनुसार अमेरिकामा किशोरकिशोरीलाई खोप लगाउने तयारी भएको हो ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०९:१०:४८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology