Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना महामारी नियन्त्रणमा सरकार गम्भिर नबनेको काँग्रेसको आरोप 

कोरोना महामारी नियन्त्रणमा सरकार गम्भिर नबनेको काँग्रेसको आरोप 

images

इच्छाकामना न्युज

१७, बैशाख २०७८
कोरोना महामारी नियन्त्रणमा सरकार गम्भिर नबनेको काँग्रेसको आरोप 
images

काठमाण्डौ, १७ बैशाख । नेपाली काँग्रेसले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भिर नभएको आरोप लगाउँदै ११ बुदे माग गरेको छ ।

आज सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि भरपर्दो काम नगरेको भन्दै आलोचना गर्नुभयो । साथै उहाँले ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

काँग्रेसले पर्याप्त अक्सिजन र भेन्टिलेटर आपूर्ति गर्न, उपचारका लागि आईसीयू शैया, औषधि र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न माग गरेको छ ।

यस्तै काँग्रेसले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाइ परीक्षण गर्न, सीमा नाकामा गरिएको परीक्षणको नतिजा नआउन्जेल होल्डिङ सेन्टरमा राख्न, स्वास्थ्य जनशक्तिको बीमा र भत्ता तत्काल उपलब्ध गराउन माग राखेको छ ।  

यस्तै, रिक्त रहेको प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न, खोप र स्वास्थ्य सामग्रीको आपूर्तिका लागि कुटनीतिक पहल गर्न, निषेधाज्ञामा किसानका कृषिउपज सामग्रीको आपूर्तिलाई सहज बनाउन, पीसीआर परीक्षण गर्ने अस्पतालको संख्या बढाउन पनि पत्रकार सम्मेलन मार्फत सभापति देउवाले माग गर्नुभएको छ ।

निषेधाज्ञाको  मारमा परेकोहरूलाई राहत र सहयोगको कार्ययोजना ल्याउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न अनुमगमन संयन्त्र मजवुत बनाउन पनि काँग्रेसले माग गरेको छ । 

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २०:१०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology