Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जाजरकोटमा हत्या अभियोगमा बाबुछोरा पक्राउ 

जाजरकोटमा हत्या अभियोगमा बाबुछोरा पक्राउ 

इच्छाकामना न्युज

१६, बैशाख २०७८
जाजरकोटमा हत्या अभियोगमा बाबुछोरा पक्राउ 
images

जाजरकोट, १६ बैशाख । हत्या अभियोगमा जाजरकोटमा बाबुछोरा पक्राउ परेका छन् । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा छेडागाड ९ राजीकोटका  सुकिलाल वादी र उनका छोरा ज्ञानु वादीलाई प्रहरीले पक्राउ गरेको हो ।

images
images

छेडागाड ११ भैसीखर्क स्थित फुम्न राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड नगरपालिका १० खलटाकुरा बस्ने ४६ वर्षका धनविरे पुनमगरको शव आइतवार फेला परेको थियो । अनुसन्धानको क्रममा पुनमगरको हत्यामा बाबुछोराकोसंलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको बयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १०:१४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology