Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना 

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना 

images

इच्छाकामना न्युज

१६, बैशाख २०७८
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना 
images

काठमाण्डौ, १६ बैशाख । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा हुने भएको छ। वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टिमले उहाँको शल्यक्रिया गर्न लागेको हो।

शल्यक्रियाका लागि उहाँ आजै अस्पताल भर्ना भएपनि र भोलि मात्रै शल्यक्रिया गरिने बताइएको छ । यसअघि ट्युमरमा क्यान्सरको शङ्का भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण भएको थियो।

वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए। ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईले शल्यक्रिया गर्न लाग्नुभएको हो ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १०:१२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology