Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कोभिडको दोस्रो लहरको प्रभावसँगै ‘तपाईको मास्क खै ?’ अभियान मुग्लिनमा पनि सुरु

कोभिडको दोस्रो लहरको प्रभावसँगै ‘तपाईको मास्क खै ?’ अभियान मुग्लिनमा पनि सुरु

images

इच्छाकामना न्युज

१५, बैशाख २०७८
कोभिडको दोस्रो लहरको प्रभावसँगै ‘तपाईको मास्क खै ?’ अभियान मुग्लिनमा पनि सुरु
images

मुग्लिङ, १५ बैशाख । कोरोना संक्रमणको दोस्रो प्रभाव बढ्दै गएपछि चितवनको मुग्लिन बजारमा पनि  ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ। सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत ईलाका प्रहरि कार्यालय मुग्लिङ र ट्राफिक प्रहरी कार्यालय मुग्लिङको संयुक्त आयोजनामा मंगलबार देखि अभियान सुरु गरेको हो। 

मंगलबार मुग्लिङ बजारमा पैदल तथा सवारी साधनमा यात्रा गर्ने यात्रु हरुको लागि  “तपाइको माक्स खै ?” कार्यक्रम संचालन गरिएको थियो। कोभिड १९ को दोश्रो लहरले देश तथा छिमेकी देश अति प्रवाहित हुँदै गैरहेको अवस्थामा यात्रु हरुलाई सचेतनाको लागि कार्यक्रम गरिएको हो।

इलाका प्रहरी कार्यलय मुग्लिङका  प्रहरि नायव  निरीक्षक उद्बब सिंह शाहिको टोलीले  साना तथा ठूला सवारी साधनहरुका चालक–सहचालक र यात्रु तथा पैदल यात्रीहरु समेत गरी १०५ जनालाई हाल विश्वमहामारीको रुपमा फैलिएको  कोभिड १९ सम्बन्धी सचेतनामूलक ‘तपाईको मास्क खोई ?’ कार्यक्रम गर्नुका साथै मास्क नलगाएका लाई  ८०/९० थान मास्क समेत वितरण गरीएको थियो।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - ०९:५१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology