Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुरा फेरी डाक्टर विहिन 

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुरा फेरी डाक्टर विहिन 

सिआईएन

१४, बैशाख २०७८
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुरा फेरी डाक्टर विहिन 
images

जीवन कैला, बाजुरा, १४ बैशाख । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरी डाक्टर विहिन वनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजु राज जैशी गए पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन वनेको हो ।

images
images

करीव एक वर्ष देखि दुर्गम क्षेत्र कोल्टीमा रहेर सेवा दिदै आउनुभएका डाक्टर जैशी हिजो विदाई भएर जानुभएको छ । जैशीको एक वर्षे कार्यकाल सकिए पछि बाजुराबाट विदाई भएर जानुभएको स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

सरकारी छात्रबृत्तिमा  अध्ययनरत स्वास्थ्यकर्मीले २ वर्ष अनिवार्य रुपमा दुर्गममा रहेर सेवा दिनुपर्ने सरकारको प्रावधान रहेको छ । सोहि निति अनुरुप दुर्गम क्षेत्रमा रहेर सेवा दिनुभएका डाक्टर जैशीको कार्य अवधि सकिएकोले विदाई भएर जानुभएको जनस्वास्थ्य निरीक्षक ओमजङ्ग शाहीले जानकारी दिनुभयो ।

डाक्टर जैशीले कोल्टी छोडेर गए पछि प्राथमिक स्वास्थ्य केन्द्र अहिले पुरानै अवस्थामा फर्किएको छ ।  सामान्य उपचार वाहेक अन्य जटिल खालको उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जानुपर्ने वाध्यता भोग्दै आएका स्थानीयलाई विरामी हुदा के गर्ने भन्ने चिन्ताले सताएको छ ।

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा १२ जनाको दरवन्दि रहेको छ । एक जना मेडिकल अधिकृत, एक जना हेल्थ असिष्टेन्ट, एक जना स्टाफ नर्स, तिन जना अनमि, तिन जना अहेव, एक जना ल्याप असिष्टेन्ट र २ जना कार्यालय सहयोगिको दरवन्दि रहेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १९:१२:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology