पोखरा, १० बैशाख । विपन्न वर्गको छोरी बुहारीलाई शिक्षा दिने उद्देश्यले स्थापित संस्था सन्जिवनी दिदिबहिनी केन्द्र पोखराको प्रचार प्रसार संयोजकमा तमु संचारकर्मी किरण गुरुङ नियुक्त भएकी छिन्। संस्थाको गत चैत २६ गते बसेको बैठकले गुरुङलाई प्रचारप्रसार संयोजकमा नियुक्त गरेकोहो।
नवनियुक्त संयोजक गुरुङलाई आज सपथ ग्रहण गराइ कार्यभार सुम्पेको छ। उनी तमु(गुरुङ) संचारकर्मी संघ नेपाल केन्द्रीय समितिको सदस्य हुनुका साथै छ्याजालो न्युज डटकमका संचालक समेत हुन्।