Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पत्रकार महासंघको निर्वाचनमा निर्वाचित तमु संचारकर्मीलाई प्ये ल्हु संघ चितवनले गर्‍यो सम्मानित

पत्रकार महासंघको निर्वाचनमा निर्वाचित तमु संचारकर्मीलाई प्ये ल्हु संघ चितवनले गर्‍यो सम्मानित

इच्छाकामना न्युज

८, बैशाख २०७८
पत्रकार महासंघको निर्वाचनमा निर्वाचित तमु संचारकर्मीलाई प्ये ल्हु संघ चितवनले गर्‍यो सम्मानित
images

चितवन, ८ बैशाख । गत चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ चितवनको महाधिवेशनबाट निर्वाचित चितवनको तमु(गुरुङ) संचारकर्मीहरु सम्मानित भएका छन्। निर्वाचित तमु(गुरुङ) संचारकर्मीहरुलाई  तमु प्ये ल्हु संघ चितवनले आज एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो।

images
images

महासंघमा निर्वाचित ४ जना तमु(गुरुङ) संचारकर्मीहरु तुलमान गुरुङ, दान बहादुर गुरुङ, हिरालाल गुरुङ र अमृता गुरुङलाई संघले सम्मानित गरेको हो। सम्मानित तमु(गुरुङ) संचारकर्मीहरुलाई संघका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङ र संघको महिला समिति अध्यक्ष इन्द्रा गुरुङले फेटा र माला लगाएर सम्मानित गरेको थियो।

175791845_331440605067217_8825348976050984355_n.jpg

तमु(गुरुङ) संचारकर्मीहरु मध्य तुलमान गुरुङ महासंघको चितवन जिल्ला कार्यसमिति सदस्यमा, दान बहादुर गुरुङ महासंघको गोरखा जिल्ला कार्यसमिति सदस्यमा साथै हिरालाल गुरुङ र अमृता गुरुङ बागमती प्रदेश परिषद् सदस्यमा निर्वाचित भएका थिए।  महासंघको निर्वाचनमा उम्मेद्वारी दिएका अन्य २ जना चितवनका तमु (गुरुङ) संचारकर्मीहरुले भने पराजय भएका थिए।

महासंघको निर्वाचनमा निर्वाचित तमु(गुरुङ) संचारकर्मीहरुलाई तमु प्ये ल्हु संघ चितवनका संस्थापक कोषाध्यक्ष एवं पूर्व अध्यक्ष भिम बहादुर गुरुङ, उपाध्यक्ष लालप्रसाद गुरुङ, सल्लाहकार शान्ति गुरुङ, सांस्कृति संयोजक नारायण गुरुङ, महिला समिति कोषाध्यक्ष सुकमाया गुरुङ, युवा समितिका अध्यक्ष राजिव गुरुङ लगायतले बधाई तथा शुभकामना दिएका थिए।

174749459_391152731855789_5421118055451834090_n.jpg

पत्रकारहरुलाई सम्मान गरि बधाई दिने क्रममा संघका अध्यक्ष जगत बहादुर गुरुङले थोरै मात्रामा क्रियाशिल तमु(गुरुङ) संचारकर्मीहरुले पनि चितवनको पत्रकारितामा बलियो उपस्थिती देखाउन सफल भएकोमा बधाई दिए। साथै तमु(गुरुङ) संचारकर्मीहरुको कार्याकाल सफल रहोस् भन्दै तमु(गुरुङ) संचारकर्मीहरुलाई क्रियाशिल बनाउन सदैव आफुहरुले सहयोग गर्न तयार रहेको उनले बताए।

यस्तै गुरुङ समुदायको सांस्कृतिक, धार्मिक, पहिचान लगायतका कुराहरुलाई संचारमाध्यमबाट फैलाउन तमु(गुरुङ) संचारकर्मीहरु र संघ बिच सहकार्य हुन जरुरी रहेको पनि अध्यक्ष गुरुङले बताए।

175544739_574751643492478_6420262246135376845_n.jpg

यसैगरी सम्मानित हुने तमु(गुरुङ) संचारकर्मीहरुले पनि संघको सम्मानले आफुहरुको कलमलाई झन उर्जाशिल बनाउन प्रेरित गरेको बताए। 

संघको अध्यक्ष जगत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा उपाध्यक्ष लाल प्रसाद गुरुङले स्वागत मन्तव्य राख्नुका साथै सचिव बिक्रम गुरुङले कार्यक्रम संचालन गरेको थियो। 

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - २०:२९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology