Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मूलुकको राजनितिले केही दिनमा कोल्टे फेर्ने काँग्रेसको विश्लेषण 

मूलुकको राजनितिले केही दिनमा कोल्टे फेर्ने काँग्रेसको विश्लेषण 

images

इच्छाकामना न्युज

८, बैशाख २०७८
मूलुकको राजनितिले केही दिनमा कोल्टे फेर्ने काँग्रेसको विश्लेषण 
images

काठमाण्डौ ८ बैशाख । नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ ।

काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक रहेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने बताउनुभएको थियो ।

सभापति देउवाले आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने बताउनुभएको थियो । जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा सङ्कट आउन सक्ने भन्दै बैठकमा जानकारी गराउनु भएको थियो । सभापति देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने पनि बताउनुभयो ।  

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १९:४४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology