Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम 

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम 

images

एजेन्सी

८, बैशाख २०७८
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम 
images

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम भएको छ ।पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा सङ्क्रमण हुँदै आएको भारतमा थप २ लाख ९४ हजार २९० जनामा सङ्क्रमण भएको छ ।

२४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो ।यसअघि (सोमबार) वैशाख ६ मा भारतमा दोस्रो धेरै २ लाख ७५ हजार ३ सय ६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा एक करोड ३२ लाख ६९ हजार ८६३ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लाख ५६ हजार ५ सय ७१ छ ।यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ८२ हजार ५ सय७० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २० जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - ०९:२२:१८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology