Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने 

सिआईएन

७, बैशाख २०७८
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने 

काठमाण्डौ, ७ बैशाख । वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता, आगामी सरकार निर्माण लगायतका बारेमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको नेता देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो ।

images

हिजो बोलाइएको बैठक अरु राजनीतिक दलसँगको छलफलका कारण स्थगित गरिएको थियो । समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको उहाँको भनाइ छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने नेता पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला संसदको अधिवेशन हिजो अन्त्य गरिएपछिको आगामी रणनीतिका बारेमा माओवादी केन्द्रले छलफल गर्ने भएको छ । 

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - ०८:५५:२४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology