Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

माछापुच्छ्रे बैंकद्वारा रामशाह माविका शिक्षक स्वर्गीय अधिकारीको परिवारलाई १० लाख प्रदान

माछापुच्छ्रे बैंकद्वारा रामशाह माविका शिक्षक स्वर्गीय अधिकारीको परिवारलाई १० लाख प्रदान

इच्छाकामना न्युज

६, बैशाख २०७८
माछापुच्छ्रे बैंकद्वारा रामशाह माविका शिक्षक स्वर्गीय अधिकारीको परिवारलाई १० लाख प्रदान

आँबुखैरेनी, ६ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित राम शाह माविका शिक्षक स्वर्गीय कृष्णचन्द्र अधिकारीको परिवारलाई माछापुच्छ्रे बैंकले १० लाख रुपैयाँ रकम प्रदान गरेको छ। बैंकले स्वर्गीय शिक्षक कृष्णचन्द्र अधिकारीको परिवारलाई दुर्घटना बिमा वापत प्राप्त उक्त रकम आज एक कार्यक्रमका बिच प्रदान गरिएको हो। बैंकले विद्यालयका प्रध्यानाध्यापक प्रेमराज लामिछाने तथा शिक्षकहरुको रोहवरमा स्वर्गीय शिक्षकका श्रीमती हरिमाया न्यौपानेलाई प्रदान गरिएको थियो। 

images

रामशाह माविमा कार्यरत रहदै गर्दा स्वर्गीय शिक्षक अधिकारीको गत पुस १३ गते मोटरसाइकल दुर्घटना परि पुस १४ गते उपचारको क्रममै निधन भएको थियो। विद्यालयले शिक्षकहरुको तलब खुवाउनका लागि स्वर्गीय शिक्षक अधिकारीसँगै सबै शिक्षहरुको तलबी खाता माछापुच्छे्र बैंकको आँबुखैरेनी शाखामा संचालन गरेको थियो। बैंकको स्किम अनुसारको स्मार्ट तलबी खाता संचालन गर्ने ग्राहकलाई दुर्घटना बिमा सुविधा दिने गरिएको थियो।

सोहि बमोजिम स्वर्गीय शिक्षक अधिकारीको दुर्घटना परि निधन भएकोले बिमा वापतको रकम दाबि गरि भुक्तानी गरिएको बैंकको आँबुखैरेनी शाखा प्रमुख शोभा श्रेष्ठले जानकारी दिए। यस्तै पिडित परिवारलाई रकम हस्तान्तरण गर्दै माछापुच्छे्र बैंकमा स्मार्ट तलबी खाता संचालन गरे १० लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बिमा, ३ लाख बराबरको घातक रोग बिमा र १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा सुविधा पाउन सकिने शाखा प्रमुख श्रेष्ठले बताइन्। 

यसैगरि बैंकले ग्राहकलाई अतिरिक्त सुविधा वापत यसरी सेवा दिएकोमा रामशाह मावि आँबुखैरेनीका प्राध्यानाध्यापक प्रेमराज लामिछाने बैंकलाई धन्यवाद व्यक्त गरे।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - २२:४७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology