Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भारतमा कोरोनाको दर बढ्दोः बिरामीलाई सबै सुविधा उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन 

भारतमा कोरोनाको दर बढ्दोः बिरामीलाई सबै सुविधा उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन 

images

एजेन्सी

५, बैशाख २०७८
भारतमा कोरोनाको दर बढ्दोः बिरामीलाई सबै सुविधा उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन 
images

भारत पछिल्लो समय कोरोना महामारीका कारण अवस्था भयावह बन्दै गएको छ । अस्पताल भर्ना हुने बिरामीले उपचार सेवा पाउन सकेका छैनन् भने कतिपय बिरामीहरुले अस्पतालमा बेड नपाएर ज्यान गुमाउनु परिरहेको छ ।

दैनिक सङ्क्रमित थपिने क्रम बढ्दै जादा र बिरामीहरुको बिचल्ली हुने क्रम बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ । हिजो गर्नुभएको छलफलको क्रममा उहाँले सबै अस्पतालमा कोरोनाका बिरामीहरुका लागि बेड, आईसीयू, अक्सिजन लगायतका विषय सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।

उहाँले कोरोनाको बिरामीको सङ्ख्यालाई ध्यानमा राखी अस्थायी कोरोना अस्पताल र आईसोलेशन सेन्टरहरुमा बेड थप्नका लागि पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्री मोदीले कोरोना महामारीसँग लड्नका लागि भएको तयारीको विषयमा जानकारी लिँदै औषधिको उपलब्धता, अक्सीजन, भेन्टिलेटर र खोपको आपूर्तिलाई सुनिश्चित गर्न पनि सबैलाई निर्देशन दिनुभयो ।

भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमित थपिने दर २ लाख नाघेको छ । 

images
प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - ०९:०१:१४ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology