Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाद्वारा ल्हुङ्गग्रीङ्गको संयुक्त भवन समुद्घाटन

देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाद्वारा ल्हुङ्गग्रीङ्गको संयुक्त भवन समुद्घाटन

इच्छाकामना न्युज

२, बैशाख २०७८
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाद्वारा ल्हुङ्गग्रीङ्गको संयुक्त भवन समुद्घाटन

देवघाट, २ वैशाख । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ ल्हुङ्गग्रीङमा चण्डीश्वरि आमा समुह र शान्ति सामुदायिक युवा क्लबको संयुक्त भवनको समुद्घाटन भएको छ। भवनको गाउँपालिका अध्यक्ष अध्यक्ष दुर्ग बहादुर थामामगरले गर्नुभएको हो।

images

174149844_753389382013856_834853075894873729_n.jpg

सो कार्यक्रममाबोल्दै गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिकाको बिकास हरेक क्षेत्रमा निरन्तर अगाडी बढेको बताउनुभयो । साथै गाउँपालिकाको बिकासको निम्ति आफु निरन्तर लागी परेको बताउदै प्रदेश, केन्द्र देखि स्थानीय  संघ,संस्था  संग पनि समन्वय गरि अगाडी बढेको बताउनुभयो।

173451160_310179427213733_2670861628853011238_n.jpg

सो कार्यक्रममा बिशिस्ट अतिथि तमु राष्ट्रिय मुक्ती मोर्चा केन्द्रिय कोषाध्यक्ष प्रेम बहादुर तमु, सानाकिसान सहकारी संस्थाका अध्यक्ष भिम बहादुर राना, नेकपा माओवादी केन्द्र तनहुँ जिल्ला सचीवलय सदस्य  भुवनसिङ्ग गुरुङ, घण्टाचुली पर्यटन क्षेत्र  बिकास संस्थाका अध्यक्ष खड्का पामिआले र अन्य अतिथि मगर उत्थान युवा क्लब मन बहादुर थापा, चण्डीश्वरि आमा समुह भिमकुमारि गुरुङ, बगेश्वरि आमा समुहका अध्यक्ष चुल्ठामाया थापामगर लगाएको उपस्थिति रहेकोे थियो भने शान्ति सामुदायिक युवा क्लबका अध्यक्ष नवराज गुरुङ अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो।

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - १०:२३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology