Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकीमा नयाँ सत्तासमीकरण प्रति माओवादी संसदीय दलका नेता हरि चुमान असन्तुष्ट

गण्डकीमा नयाँ सत्तासमीकरण प्रति माओवादी संसदीय दलका नेता हरि चुमान असन्तुष्ट

इच्छाकामना न्युज

२, बैशाख २०७८
गण्डकीमा नयाँ सत्तासमीकरण प्रति माओवादी संसदीय दलका नेता हरि चुमान असन्तुष्ट
images

पोखरा, २ वैशाख । गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेलमा आफै मुख्यमन्त्री बन्ने दौडमा रहेका नेकपा माओवादी गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमान नयाँ सत्तासमीकरणपछि असन्तुष्ट देखिएका छन् ।

images
images

उनले आफ्नो असन्तुष्टी सामाजिक सञ्जाल फेसबुकमार्फत पोखेका छन् । बुधबार साँझ करिब ८ बजे उनले लेखेका छन्–पढ्न त स्टयाटिक्स, डाइनामिक्स, अल्जेब्रा र अरिथमेटिक (अंकगाणित) पढेकै थिए । नबुझेको चाहिँ अंकगणित परेछ ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न केन्द्रीय नेतृत्व सहमत भएपछि यो उनको पहिलो सार्बजनिक प्रतिक्रिया हो ।

एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका चुमान पछिल्लो समयमा आफै मुख्यमन्त्री बन्ने दौडमा थिए ।

गण्डकी प्रदेश सरकारबाट राजीनामा गरे लगत्तै काठमाण्डौं गएका उनले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर गण्डकीमा वामपन्थी कै नेतृत्वमा सरकार बनाउन लबिङ गरेका थिए । आफ्नो नेतृत्वमा सरकार गठन भएमा निर्णायक शक्ति जनमोर्चा पनि सरकारमा सहभागी हुने उनको दावी थियो ।

माओवादी श्रोतका अनुसार पार्टी नेतृत्व चुमानको विगतको भूमिका प्रति असन्तुष्ट छ । त्यसैले उनलाई मुख्य बनाउनु त परको कुरा, अब बन्ने सरकारमा उनलाई भूमिका समेत नदिने निष्कर्षमा नेतृत्व पुगेको छ ।

यसको पुष्टी चुमान स्वयंले गरेका छन् । उनले लेखेको यही स्टाटसमा तनहुँका पत्रकार प्रकाशचन्द्र भट्टराईले कमेन्ट लेखेका छन्– यही अंकगणितका कारण दोश्रो पटक मन्त्री हुने दिन आउला जस्तो छ त हजुर । यसको जवाफमा चुमानले भट्टराईलाई मेन्सन गर्दै लेखेका छन्–आउदैन ।

चुमानलाई पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारबाट राजीनामा गर्न आनकानी गरेको आरोप छ । उनी केन्द्रीय राजनीति जे भएपनि गण्डकी प्रदेशमा वामपन्थी कै नेतृत्वमा बाँकी समय सरकार चलाउनु पर्छ भन्ने पक्षमा थिए ।

पछिल्लो समय माओवादीका केही सांसद चुमानको भूमिका प्रति असन्तुष्ट थिए । माओवादीको भागमा मुख्यमन्त्री नै परेको भएपनि संसदीय दलको नेता नै परिवर्तन गर्नेसम्मको आन्तरिक तयारी थियो ।

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - १०:१६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology