Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री ओलीले भोली नयाँवर्षको दिन राष्ट्रको नाममा सम्बोन्धन

प्रधानमन्त्री ओलीले भोली नयाँवर्षको दिन राष्ट्रको नाममा सम्बोन्धन

इच्छाकामना न्युज

३१, चैत्र २०७७
प्रधानमन्त्री ओलीले भोली नयाँवर्षको दिन राष्ट्रको नाममा सम्बोन्धन
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

images
images

नयाँ वर्ष २०७८ सालको अवसरमा वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह गर्नेछन् ।

यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना, सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नेछन् ।

प्रधानमन्त्री ओलीले २०७७ साललाई ‘पीडादायी वर्ष’को रुपमा चित्रित गर्नेछन् । २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुनेछ ।

महामारीमा पनि कमभन्दा कम जनधनको क्षति गर्न सरकारले के गरेको प्रयासका बारेमा पनि सम्बोधनमा उल्लेख हुने स्रोतको भनाइ छ ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १०:३४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology