Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखाको शहिद लखनमा एकाबिहानै दुःखद दुर्घटनाः नाम्जुङमा ट्याक्टरबाट खसेर स्कुले बालकको मृत्यु

गोरखाको शहिद लखनमा एकाबिहानै दुःखद दुर्घटनाः नाम्जुङमा ट्याक्टरबाट खसेर स्कुले बालकको मृत्यु

images

इच्छाकामना न्युज

३१, चैत्र २०७७
गोरखाको शहिद लखनमा एकाबिहानै दुःखद दुर्घटनाः नाम्जुङमा ट्याक्टरबाट खसेर स्कुले बालकको मृत्यु
images

गोरखा ३१, चैत । गोरखाको शहीद लखन गाउँपालिका वडा नं ९ नाम्जुङको छेलाङे चोक नजिक विहानी कक्षा पढेर घर फर्केका स्कुल बालकको ट्याक्टरबाट खसेर ज्यान गएको छ ।

श्री सरस्वती आधारभूत विद्यालय नामजुङ कक्षा ७ मा अध्ययनरत १३ वर्षिय विवस ढकालको घैरुङ तिरबाट नाम्जुङतर्फ आईरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टरमा विद्यालयबाट घर फर्कदा करिव एक सय मिटरको दुरीमा घटना घटेको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिनुभयो ।

विहानी कोचिङ कक्षा पढेर घर फर्कदा टयाक्टर आएपछि अगाडि चढेका रहेछन्, गिएर परिवर्तन गर्ने क्रममा पछाडितिरको ढालामा टाउको ठोकिएर ज्यान गएको हुन सक्ने स्थानीयबासी रमेश लामिछानेले जानकारी दिनुभयो ।

घटनाको छानविन गर्न प्रहरी कार्यालय बुंकोटबाट प्रहरी आएर टयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बुङकोट जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १०:००:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology