Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालिकोटको जुम्लीवाडामा सिंचाई कुलो बन्यो, स्थानीय हर्षित 

कालिकोटको जुम्लीवाडामा सिंचाई कुलो बन्यो, स्थानीय हर्षित 

सिआईएन

३०, चैत्र २०७७
कालिकोटको जुम्लीवाडामा सिंचाई कुलो बन्यो, स्थानीय हर्षित 
images

हस्त चौलागाई, कालिकोट, ३० चैत । भौगोलिक विकटता र न्यून वन जंगलका कारण कालिकोट जिल्लाका अधिकांस बस्तीहरुमा पानीको अभाव छ । पानी खोलामा बगिरहेको हेर्न पाएपनि खेतवारी सम्म पु¥याएर सिंचाई गर्न भने यहाँका नागरिकलाइ समस्या हुन्छ ।  

images
images

जुम्लीवाडा सिंचाई कुलो निर्माण आयोजन बनेपछि सिंचाइको अभाब झेल्दै आएका स्थानीय अहिले भने खुसी भएका छन् ।  नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन (क्याफ्स्(कर्णाली) परियोजना” को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण कार्य सम्पन्न भई खेतमै पानी पुगेको छ ।  

मानव अधिकार तथा वातावरण विकास (केन्द्र) हुरेन्डेक नेपाल कालिकोटको सहयोग तथा सहजिकरणमा उक्त सिंचाई कुलोको काम सम्पन्न भएको हो ।  आयोजना अन्तर्गत परम्परा देखि चलि आएको ४ सय २५ मिटर कच्ची कुलोको स्तरोन्नती गर्नुका साथै थप २ सय ५५ मिटर कुलो निर्माण गरि करिब २० हेक्टर खेती योग्य जमीन सिंचित गर्र्ने लक्ष्य राखीएको क्याफ्स् कर्णाली परियोजनाका संयोजक नरेन्द्र बहादुर शाहीले बताउनुभयो ।

शाहीका अनुसार कुलो निर्माणका लागि  ४१ लाख ४७ हजार ६ सय ११ रुपंैया ७७ पैसा खर्च भएको  छ ।  आयोजनामा जम्मा ६८० मिटर कुलो, ३० घनमिटर क्षमताको एउटा पोखरी र अस्थायी शौचालय निर्माण गरिएको छ । 

सिंचाइ कुलो बनेपछि पचालझरना गाउँपालिका वडा नं. ८ जुम्लीवाडाकी आशा टमटाले आफ्नो खुसि ब्यक्त गदै विगतका दुख विर्सेर अव नयाँ तरिकाबाट कृषि खेती गरी आफ्नो जिविकोपार्जन गर्ने बताउनुभयो  । अब आकाशे पानीको भरमा खेती गर्नु पर्ने अवस्था टरेको र  हिँउदको खडेरीमा बाली सुकेर जाने समस्याबाट अब मुक्ति मिल्ने उहाँले बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - १९:२९:२८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology