देवघाट, २९ चैत । तनहुँको देवघाटमा भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासि सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। भुमि सम्बन्धि समस्या समाधान सहजीकरण समिति देवघाटको आयोजनामा आज देवघाट गाउँपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि भुमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले गरेका थिए भने प्रमुख अतिथि अध्यक्ष सुवेदीलाई देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले खादा लगाएर कार्यक्रमको समुद् घाटन गर्नुभएको थियो।

कार्यक्रममा देवघाट गाउँपालिकाका निमित्त कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, कार्यपालिका सदस्य यममाया गुरुङ, अनिता गुरुङ, भोगिमाया राना,चन्द्रप्रकाश बि.क. देवघाट गाउँपालिका भित्रका वडा सचिवहरु गंगाराम मानन्धर, कुलराज पौडेल, रन्जाना राई र पबिता खनाल लगाएको उपस्थिति रहेको थियो।
सो अभिमुखिकरण कार्यक्रम जनप्रतिनिधि,वडा सचीव,र भुमि सम्बन्धि समस्य समाधान सहजीकरण समितिका सदस्यहरु लाई भुमि समस्य आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदी र भुमि समस्य आयोगका जिल्ला सदस्य दिर्ग दरैले प्रशिक्षण दिनुभएको थियो। साथै कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको अध्यक्षता सम्पन्न भएको थियो।