Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अछामका विद्यालयहरुमा समयमा पाठ्यक्रम नसकिने चिन्ता 

अछामका विद्यालयहरुमा समयमा पाठ्यक्रम नसकिने चिन्ता 

सिआईएन

२८, चैत्र २०७७
अछामका विद्यालयहरुमा समयमा पाठ्यक्रम नसकिने चिन्ता 
images

एकेन्द्र खत्री, अछाम, २८ चैत । कोरोनाको कारण ढिलो गरि मंसिरमा सुरु भएको शैक्षिक सत्र जेठमा पुरा गर्न विद्यालयहरुलाई सकस हुने भएको छ । जनस्वास्थ्यका विज्ञहरुले कोरोना भाइरस सङ्क्रमणको दर उकालो लाग्दै गएमा आगामी जेठमा सङ्क्रमण उच्च अवस्थामा पुग्ने आकलन गरिसकेका छन् ।

images
images

यसको कारण पनि शैक्षिक क्षेत्र झन् प्रभावित हुन्छ कि भन्ने चिन्ता सुरु भएको छ । कोरोनाका कारण मंसिरमा मात्रै शैक्षिक सत्र सुरु भयो । लगभग ५ महिना कक्षा सञ्चालन हुँदा ७० प्रतिशत पाठ्यक्रम सकिएको र जेठ सम्ममा सबै पाठ नसकिने शिक्षकहरु बताउँछन् ।

बान्निगढी जयगढ गाउँपालिका स्थित सरस्वती माविका शिक्षक चेतमान साउँदले कोरोनाको सङ्क्रमण फेरि बढ्न लागेको अवस्थामा विद्यालय पुनः बन्द गर्नुपर्ने हो कि भन्ने डरमा  रहेको बताउँनुभयो ।  कोरोनाको असर कम भएका ठाउँका विद्यायलय हतार, हतार भएपनि पाठ्यक्रम सकाउने तयारी गरिरहेका छन् ।

सरकारले विद्यालय तहको वार्षिक परीक्षा जेठमा सक्न भनेपनि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै तत्काल पनि परिक्षा लिनुपर्ने अवस्था आउन सक्नेमा पनि अछामका विद्यालय तयार छन् । तर पाठ्यक्रम सम्पूर्ण रुपमा सकिने संभावना भने नरहेको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन स्थित नवदुर्गा माविका प्रधानाध्यापक देवराज खनाल बताउँनुहुन्छ ।

हाल सम्म लगभग ७० प्रतिशत पाठ्यक्रम सकिदा अबको २ महिनामा बाँकी पाठ्यक्रम सकिने संभावना कम छ । तर पनि फेरि बढेको सङ्क्रमणलाइ मध्येनजर गर्दै त्यस अगाडी पनि परीक्षा लिने मनस्थितिमा विद्यालयहरु छन् । मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु स्थित कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक कर्ण शाहाले आवश्यक परेको खण्डमा समयमा नै परीक्षा गर्न पनि पछाडी नहट्ने बताउनुभयो ।

 जेठसम्म आइपुग्दा अवस्था जटिल भएमो वैकल्पिक उपायको प्रयोग गरी शैक्षिक सत्रको अन्तिम मुल्याङ्कन गर्न विद्यालयहरुले अर्धवार्षिक परीक्षा या अन्य परीक्षालाई आधार मान्न सकिने तर यसका लागी केन्द्र सरकारको निर्णय भने आबश्यक पर्ने शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो ।  

ढिलो सुरु भएको शैक्षिक शत्र सकिन २ महिना मात्रै बाँकी रहेको बेला कोरोना सङ्क्रमणको दर बढ्नुले विद्यार्थी, अभिभावक र शिक्षक चिन्तामा रहेका छन् । 

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १८:५१:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology