Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अब नयाँ सरकार गठन गरेर अगाडि बढ्ने प्रचण्डको भनाइ 

अब नयाँ सरकार गठन गरेर अगाडि बढ्ने प्रचण्डको भनाइ 

इच्छाकामना न्युज

२८, चैत्र २०७७
अब नयाँ सरकार गठन गरेर अगाडि बढ्ने प्रचण्डको भनाइ 

काठमाण्डौ, २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार धेरै दिन नचल्ने बताउनुभएको छ ।  काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने बताउनुभएको हो ।  

images

प्रचण्डले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताउनुभयो । सरकारले संविधान मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने प्रचण्डको भनाइ थियो ।  

लोकतान्त्रिक गणतन्त्र र संविधान सभा मार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको उहाँको भनाइ थियो ।  प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाउनुभयो । 

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १८:४०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology