Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

माओवादी केन्द्रले पदमुक्त गरेका ४ जनालाई पूनः मन्त्री बनाउदै ओली

माओवादी केन्द्रले पदमुक्त गरेका ४ जनालाई पूनः मन्त्री बनाउदै ओली

images

इच्छाकामना न्युज

२७, चैत्र २०७७
माओवादी केन्द्रले पदमुक्त गरेका ४ जनालाई पूनः मन्त्री बनाउदै ओली
images

काठमाण्डौ, २७ चैत । माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि सांसद पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति तथा सपथ हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन् । उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो ।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ।

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - १३:५३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology