Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आदर्श छात्रबृती अक्षय कोषलाई एक लाख सहयोग

आदर्श छात्रबृती अक्षय कोषलाई एक लाख सहयोग

आशिक राना

२७, चैत्र २०७७
आदर्श छात्रबृती अक्षय कोषलाई एक लाख सहयोग

देवघाट, २७ चैत । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ खाल्टेमा रहेको श्री आदर्श शिक्षा माबिले स्थापना गरेको आदर्श छात्रवृत्ति अक्षय कोषलाई नगद १ लाख सहयोग आएको छ।

images

हाल युकेमा कार्यरत देवघाट २ खाल्टे निवासी लक्ष्य कुमार मल्लले आफ्नो स्वर्गीय बाबु क्याप्टेन खड्क जङ्ग मल्लको स्मृतिमा कोषलाई आज एक लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको हो।  

170740642_282915573320802_580743806018809223_n.jpg

उक्त रकम मल्लले आदर्श शिक्षा माबिका प्रधानध्यापक देवराम सारुमगरलाई प्रदान गरिएको जानकारी विद्यालयका प्रध्यानाध्यापक मगरले दिए।

२ वर्ष पहिला स्थापना भएको सो अक्षय कोषमा हाल सम्म करिब ५ लाख बराबरको पैसा जम्मा भएको छ। 

170714420_569130621146987_3596449418947601938_n.jpg

सो कार्यक्रममा महिला लघुवित्त वित्तिय संस्था लिमिटेड,केन्द्रिय कार्यालय साँगा काभ्रेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रको विद्यालयलाई भौतिक सामाग्री वितरण आदर्श शिक्षा माबिलाई वितरण गरिएको थियो।

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - १३:४३:२४ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology